पेरुमा पेद्रोलाई हटाएर डीना बोलुआर्ते बनिन् नयाँ राष्ट्रपति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पेरुका राष्ट्रपति पेद्रो कास्टिलोले संसद् विघटन गर्ने कोशिस गरेपछि उनलाई महाअभियोग लगाएर पदबाट हटाइएको छ ।

उनालाई हटाएपछि पूर्व उपराष्ट्रपति डीना बोलुआर्तेले राष्ट्रपति पदको शपथ लिएकी छन् । उनी पेरुको पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।

बुधबार नै पेद्रो कास्टिलोले संसद्लाई एक ‘असाधारण आपतकालीन सरकार’ मा बदल्ने बताएका थिए ।

यद्यपी सांसदले यसलाई अस्विकार गर्दै एक आपतकालीन बैठक बोलाएर कास्टिलोविरुद्ध महाअभियोग लगाएर पदबाट हटाए । त्यसपछि कास्टिलोलाई हिरासतमा लिइएको छ र उनीविरुद्ध विद्रोही भएको आरोप लगाइएको बताएको छ ।

पेशाले वकिल रहेकी ६० वर्षीय बोलुआर्तेले पद सम्हालेसँग अब उनी २०२६ सम्मका लागि राष्ट्रपति रहनेछिन्। शपथग्रहण पछि बोलुआर्तेले देशलाई तत्कालीन संकटबाट निकाल्नका लागि राजनीतिक सहमतिप्रति जोड दिएकी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?