समानुपातिक सांसद चयनमा चलखेलविरुद्ध रास्वपालाई कार्यकर्ताकाे खबरदारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् ।

समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् ।
प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनीहरूको भनाइ छ ।

१३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् ।

सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई नेतृत्वलाई खबरदारी गरिएको बताउनु भएको छ ।

आज फेसबुक लाइभमा बोल्दै थापाले डिजिटल डेमोक्रेसीको कुरा गर्ने पार्टी डिजिटलकै अवधारणा अनुसार चलोस् भन्नका लागि आफूहरूले दबाब दिएको बताउनु भयो ।

बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?