पाल्पा । पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । विहिबार विहान रामपुर नगरपालिका –५ बेझाडको एक घरमा प्लाष्टर गर्ने क्रममा लडेर पर्साको छिपहरमाई गाउँपालिका –३ मंगललापुरका २५ वर्षीय राजेश कुसहवाको मृत्युु भएको हो ।
स्थानीय दुर्गा केसीको चार तले पक्की घरमा प्लाष्टर गर्ने क्रममा दुई तलाबाट खस्न गई कुसहवा घाइते हुनुभएको थियो । घाइते उहाँलाई रामपुर अस्पतालमा उपचार भए पनि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा राखिएको थियो ।
उहाँको उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका