मधेसका प्रभावशाली चार महिला : पहिलो प्रत्यक्ष निर्वाचित महिला स्वतन्त्र सांसदमा सुरिता कुमारी

Read Time = 2 mins
A A- A+

काठमाडौं । मधेश प्रदेशसभाको कूल ६४ सिटमध्ये ४ सिटमा महिला उम्मेदवार विजयी भएका छन् । जसमध्ये एक स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएकी हुन् । स्वतन्त्र उम्मेदवारीबाट विजयी हुनेमा सुरिताकुमारी साह रहनुभएको छ । ।

उहाँले महोत्तरी क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट विजयी हुनु भएको हो । ५६ वर्षीय साहले ८ हजार ५६८ मत ल्याएर विजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेश्वर यादवलाई पराजित गर्दै साह विजयी हुनुभएको हो ।

कांग्रेसका यादवले ६ हजार ८०२ मत ल्याउनु भएको थियो ।  लालटिन चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार रहनुभएकी साहले स्नातकोत्तर गर्नुभएको छ। विसं २०२२ फागुन ११ गते जन्मिनुभएकी साह यसअघि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट वेची लुंगेलीले पनि प्रत्यक्षतर्फ चुनाव जित्नुभएको छ । लोकतान्त्रिक समाजवादीका तर्फबाट रानीकुमारी तिवारी निर्वाचित हुनु भएको छ। नेकपा एमालेका तर्फबाट शारदादेवी थापा विजयी बन्नुभएको छ । उहाँ महोत्तरी प्रदेश सभा १ बाट विजयी हुनु भएको हो ।  यस प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । उसले १५ सिटमा जित निकालेको छ । दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

कांग्रेसले ६४ सिटमध्ये १३ सिट जितेको छ । यस्तै जनता समाजवादी पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ७ , जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादी ४ र  स्वतन्त्रले ६ सिट जितेका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?