प्रधानमन्त्रीलाई १५ किलोको माला लगाउँदै उद्योग वाणिज्य संघले राख्यो १५ बुद्धे माग

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी ।  कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाउँदै यस क्षेत्रको बिकासका लागि १५ बुद्धे माग राखेको छ ।

२१ बुँदाबाट शुरु गरिएको महोत्सव केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ । प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हब लगायतका मागहरु रहेका छन् ।

वर्सेनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्दै आएको छ । यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । कैलाली उद्योग वाणिज्य सघंले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?