अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास

Read Time = 2 mins

दोहा । बेल्जियम फुटबल टोलीका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । कतारमा जारी विश्वकपमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि हाजार्डले सन्यासको निर्णय लिनुभएको हो ।

विश्व फुटबलको सर्वाधिक महत्वपूर्ण प्रतियोगिताको समूह चरणका तीन खेलबाट चार अंक जोड्दै बाहिरिएको थियो । टोलीले एकमात्र खेल क्यानाडाविरुद्ध जितेको थियो । टोलीको खराब प्रदर्शनपछि रोबेर्टो मार्टिन्सले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुभएको थियो । ‘आज एउटा अध्याय अन्त्य भएको छ,’ हाजार्डले सन्यास घोषणा गरेसँगै इन्स्टाग्राममा लेख्नुभएको छ, ‘तपाईंहरूको मायाका लागि धन्यवाद । बिनाशर्तको समर्थनका लागि धन्यवाद । २००८ यताको सबै सुखद क्षणका लागि धन्यवाद ।’

उहाँले आफूले अन्तर्राष्ट्रिय यात्राको अन्त्यको घोषणा गर्दै नयाँ पुस्ता तयार भएको समेत उल्लेख गर्नुभएको छ । हाजार्ड बेल्जियमका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा हुनुहुन्छ । उहाँले बेल्जियमका लागि १२६ खेल खेल्नुभएको छ । बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हाजार्ड दोस्रो स्थानमा हुनुहुन्छ । हाजार्डको नाममा ३३ गोल रहेको छ । उहाँभन्दा अगाडि रामेलु लुकाकु हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?