काठमाडौं । इण्डोनेसियाको लिग वानमा नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित पेर्सिक केडिरी टोलीले हार बेहोरेको छ । बुधबार राती भएको खेलमा पेर्सिक पेर्सिबसँग ३-० ले पराजित भएको थियो ।
यसै साता इण्डोनेसिया पुग्नुभएका रोहितले बुधबार पूरा समय खेल्नुभएको थियो । पेर्सिकले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोलको सामना गरेको थियो । लिगका १२ खेलमा आठ हार र चार बराबर खेलेको पेर्सिकले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन । चार अंकसहित टोली १८ सहभागी लिगको पुछारमा रहेको छ ।
रोहित यही सिजन पर्सिजा जाकार्ता छाडेर पेर्सिकमा आबद्ध हुनुभएको थियो । असोज १५ गते एक खेलपछि भएको भागदौडमा कम्तीमा १२९ जनाको ज्यान गएपछि त्यहाँको लिग स्थगित थियो । त्यसयता यसै साता लिग पुनः सुरु भएको थियो । लिग स्थगित हुँदा रोहित स्वदेश फर्किनुभएको थियो ।
रोहितले कात्तिक ३० गते पाकिस्तानविरुद्ध भएको खेलमा नेपाली टोलीको कप्तानी गर्नुभएको थियो । त्यसमा अन्जन विष्टको गोलमा नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो । नियमित कप्तान किरण चेम्जोङ भारतीय लिग (आई लिग) मा व्यस्त रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोहितलाई कप्तानको जिम्मेवारी दिएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका