ललितपुर । कोशकार प्रा.नीलमणि ढुंगानालाई २०७८ सालको ‘साझा पुरस्कार’ अर्पण गरिइको छ । साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर कोशकार प्राध्यापक ढुंगानालाई ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’का लागि ५१ हजार रुपैयाँ नगद राशिसहित प्रमाणपत्र समर्पण गरेको हो ।
कार्यक्रमका विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले कोशकार ढुंगानालाई पुरस्कार प्रदान गर्दै साझा प्रकाशनको निरन्तरता र विकासका लागि मन्त्रालयले पुरापुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । प्रकाशनलाई अझै जीवन्त र क्रियाशील बनाउँदै साझाको साख गुम्न नदिन आफूले हरसम्भव सहयोग गर्ने उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रममा डा.दामोदर पुडासैनी किशोरको नियात्रासंग्र्रह ‘डोल्पा ओ डोल्पा’ र श्रीबाबु कार्कीको निबन्धसंग्र्रह ‘सन्दिग्ध शताब्दी’को लोकार्पण गरिएको थियो । उक्त दुवै कृति साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो । साझा प्रकाशनका महाप्रबन्धक प्रहृलाद पोखरेलले साझाले साहित्यिक उन्नयनका लागि जे जस्तो अवस्था भए पनि काम गर्दै आएको बताउनुभयो ।
उहाँले कठिन अवस्था भए पनि उभिने प्रयासमा रहेको र त्यसका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा कोशकार ढुंगानाका बारेमा प्रा.डा.माधवप्रसाद पोखरेलले बोल्नुभएको थियो भने पुडासैनी र कार्कीको पुस्तकमाथि प्रा.डा.रमेश भट्टराई र प्रमोद प्रधानले बोल्नुभएको थियो । उक्त अवसरमा साझाका अध्यक्ष डा.विजय सुब्बा, प्रा.नीलमणि ढुंगाना, डा.दामोदर पुडासैनी किशोर र श्रीबाबु कार्कीले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका