नचायो एक्सिसले

Read Time = 3 mins

काठमाडौं । रक व्याण्ड एक्सिसले दर्शकलाई नचाएको छ । पाँच वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गर्दै एक्सिसले दर्शकलाई झुमाएको हो । एक्सिसले ठमेलस्थित क्लबफरेनहाइटमा दर्शकलाई नचाएको हो । पिभिइ नेटवर्कको प्रस्तुति तथा यतिब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफूल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो ।

झिल्के एण्ड द कम्पनीको प्रस्तुतिपछि स्टेजमा देखिएको एक्सिसले दर्शकलाई नचाएन मात्र आफ्नो गीतमा उसले ‘वान्स मोर’ उत्तिकै पायो । एक्सिसको कन्सर्ट हेर्नकै लागि टिकट सोल्ड आउट भएको थियो ।

व्याण्डका प्रमुख गायक सन्दीप विश्वकर्माले ‘तिमी फेरि आउन’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गर्नुभएको थियो । व्याण्डले ‘सात समुद्र’, ‘मुस्कान’, ‘एक चोटी’, ‘हे मोरी’, ‘अधुरो प्रेम’लगायत चर्चित गीत सुनाएका थियो । केही दिनअघि सार्वजनिक नयाँ गीत ‘च्याङ्बा’लाई व्याण्डले छुटाएन । व्याण्डले १२ गीतमार्फत दर्शक झुमाएको थियो । व्याण्डले आगामी महिना नयाँ गीत ल्याउने तयारी गरिरहेको छ । यसबाहेक सन् २०२३ मा नेपालसँगै विश्व भ्रमण गर्ने योजना पनि बनाएको छ ।

विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेकिंङअनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस छ । व्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड हृवाइट(२००३)’, ‘माफ गरिदेऊ (२००९)’ र ‘घर गाउँ (२०१७)’ तीन एल्बम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दीपसहित लिड गीतारमा बिर्जु कर्माचार्य, गीतारमा विक्रम मानन्धर, बेस गीटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?