योगेश र सारिकाको स्वरमा ‘जोश छ जवानीको’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘तिम्रो मेरो साथ’को दोस्रो गीत जोश छ जवानीको’ सार्वजनिक भएको छ । योगश काजी शाह र सारिका घिमिरेको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । रमेश एमके पौडेलको शब्द, योगेशकै संगीत/ एरेञ्ज, किशोर थापाको मिक्सिङ एवं माष्टरिङ र राजेश श्रेष्ठको रेकर्डिङ रहेको छ गीतमा । गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प खडका र सन्दीप क्षेत्रीले साथ दिनुभएको छ । यस क्लब गीतको कोरियोग्राफी रामजी लामिछानेले गर्नुभएको हो ।

रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको यो चलचित्रमा सबिर श्रेष्ठको कार्यकारी निर्माण तथा लेखन छ । पुष्प, साम्राज्ञी र सन्दीपसँगै चलचित्रमा इमिली लामा, सरोज खनाल, खड्काबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ । शिव ढकालले छायांकन रहेको चलचित्रमा सुभाष भुसाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

पुस २९ गदेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधीर पराजुलीको सहनिर्माण छ । प्रेमकथानक यो चलचित्रको टिजर र ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सार्वजनिक भइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?