भृकुटीको सालिक अनावरण

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको सालिक अनावरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहीबार भृकटीको सालिक अनावरण गर्नुभएको हो । सालिक अनावरणपछि मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विवाह चिनियाँ शासक श्रङ्चङ गम्पोसँग भएपछि नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएको बताउँदै भृकुटीको सालिक निर्माण गरिएपछि भृकुटी को हुन भन्नेबारे सबैले जानकारी पाउने बताउनुभयो ।

उहाँले राष्ट्रिय विभूतिहरूलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको पनि जिकिर गर्नुभयो । मन्त्री रेग्मीले संस्कृतिलाई बिर्सिन थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरक्षणमा जुट्न आग्रह पनि गर्नुभयो । उहाँले हरेक संस्कृतिका धरोहरहरूको खोजी गरी संरक्षण प्रवद्र्धनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?