काठमाडौं । आइएमईले दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक अफरका विजेता मेखलाल तामाङले मलेसियाबाट आइएमईमार्फत् १४ हजार ५० रुपैयाँ पठाउनुभएकोमा उपहारमा १० लाख रुपैयाँ प्राप्त गर्नुभएको हो ।
बुधबार काठमाडौं पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्तरूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्रमार्फत् नतिजा सार्वजनिक गर्नुभएको थियो ।
सो असवरमा प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समय-समयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आइएमईका ब्राण्ड एम्बासडर एवं वरिष्ठ कलाकार गिरीले नेपालका खास–खास अप्ठ्यारामा रेमिट्यान्सले अर्थतन्त्र चलायमान गराएको बताउनुभयो भने आइएमई ग्रुपका प्रवक्ता राजु पौडेलले बैंकिङ प्रणालीमार्फत् रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर एकदमै प्रभावकारी रहेको बताउनुभयो ।
२०७८ साल भदौ १६ गतेदेखि कात्तिक १६ सम्म कुल नौ हप्ता अर्थात् ६३ दिनसम्म सञ्चालन भएको अफरमार्फत् सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुईजनालाई जनही २५–२५ लाख रुपैयाँ उपहारको व्यवस्था थियो भने बम्पर अफरमा एकजना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका