समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको हो ।

सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताइएको छ । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार पत्र पठाएको हो ।

४ मंसिरमा भएको निर्वाचनमा एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?