सहज छैनन् सी जिन पिङका मार्ग

Read Time = 13 mins

✍️ श्रीमननारायण
सीपीसीको २०औं कांग्रेस विशुद्ध रूपमा सी जिनपिङकै वरिपरि केन्द्रित रहेको पाइयो तथापि आन्तरिक रूपमा र बाहृय रूपमा पनि सी जिनपिङ सामु अनेकौं चुनौती रहेका छन् । कोभिड–१९ लाई नियन्त्रण गर्न अपनाइएको कोभिड शून्य नीति, बिआरआई र भ्रष्टाचारविरोधी अभियान उनको निम्ति ठूलो समस्या सावित हुने निश्चित छ । यसका प्रारम्भिक लक्षण देखा पनि पर्न थालेका छन् । सी जिनपिङका आगामी दिन सहज हुने छैनन् ।

उत्तरी छिमेकी चीनमा विगत एक दशकदेखि त्यहाँको राष्ट्रपति पदमा स्थापित सी जिनपिङ जीवनभरिकै लागि राष्ट्रपति रहने भए । गत महिना बेइजिङ्को तियानमेन स्क्वायरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको २०औं कांग्रेसमा उपस्थित चीनका विभिन्न क्षेत्रका दुई हजार तीन सय प्रतिनिधिले दुई सयजना केन्द्रीय समिति सदस्य चुने । यिनीहरूले फेरि २५ जना पोलिटब्युरोको सदस्य चुने । यी २५ जनाले अन्त्यमा गएर सात सदस्यीय सर्वोच्च पोलिटब्युरोको स्ट्यानडिङ कमिटी चुने, जहाँ प्रथम नेता फेरि सी जिनपिङ नै हुने भए । यस पदमा स्थापित हुने बित्तिकै सी जिनपिङ देशको सबैभन्दा माथिका तीन महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा राख्ने भए । विगत दश वर्षदेखि उनी नै यस पदलाई ओगटी राखेका छन् । सी जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टीका मुख्यसचिव, चीनका राष्ट्रपति र चीनको सेन्ट्रल मिलिट्री कमिसनका अध्यक्ष हुने भए । अर्को शब्दमा भन्नु पर्दा पार्टी, सरकार र चीनको केन्द्रीय सैन्य आयोगका प्रमुख पनि उनी नै हुने भए ।

चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१७ को १९औं कांग्रेसले प्रत्येक दश वर्षमा पार्टीको नेतृत्व परिवर्तन गर्ने चलिआएको संवैधानिक प्रावधान हटाइसकेपछि त्यतिबेला नै सी जिनपिङले आफू सधैँका लागि राष्ट्रपति रहने संवैधानिक र कानुनी मार्गलाई आफ्ना निम्ति अनुकूल बनाउने काम गरे । माओत्सेतुङ झैँ आफ्ना विचारलाई पनि चीनभित्र र चीन बाहिरका कम्युनिष्ट समर्थक माझ ब्यापक रूपमा प्रचार प्रसार गर्ने अभिमान नै चलाएका छन् । नेपालका अधिकांश कम्युनिष्ट नेताहरू पनि अप्रत्यक्ष रूपमा उनको विचारबाट दीक्षित भएका छन्, भइरहेका छन् । राष्ट्रपति सी जिनपिङ आफूलाई झन् शक्तिशाली बनाउन र आफ्ना विरोधीलाई ठेगान लगाउन हरसम्भव पाइला पनि कुशलतापूर्वक नै चालेका छन् ।

सी जिनपिङलाई चुनौती दिनेलाई जरैबाट उखेल्ने स्थतिमा पुर्‍याउने काम २०औं कांग्रेसले गर्‍यो । सी जिपपिङ अघिका दश वर्ष पार्टीका महासचिव र चीनका राष्ट्रपति रहेका हु चिन्ताओलाई कांग्रेसको मुख्य अधिवेशनबाट निकालियो, यो अति नै मर्माहत दृश्य थियो ।

सी जिनपिङलाई चुनौती दिने महान संस्था झुण्ड आदिलाई जरैबाट उखेल्ने स्थतिमा पुर्‍याउने काम २०औं कांग्रेसले ग¥यो । सी जिपपिङ अघिका दश वर्ष पार्टीका महासचिव र चीनका राष्ट्रपति रहेका सबैले मानेका नेता हु चिन्ताओलाई कांग्रेसको मुख्य अधिवेशनबाट निकालियो, यो अति नै मर्माहत दृश्य थियो । उनका छेउमा नै राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खहुचाङ पनि बसेका थिए । हु चिन्ताओलाई यसरी अभद्रतापूर्वक बाहिर निकालिएको भिडियोलाई हेर्न विश्व समुदायले यसको विश्लेषण विभिन्न तरिकाले गरे । कसैले अस्वस्थ पनि ठाने त धेरैले सुनियोजित योजना बताए ।

केहीले यसलाई एक किसिमको पार्टीका अन्य नेताहरूको निम्ति चेतावनीको रूपमा पनि सम्झेका छन् । हु चिन्ताओले कम्युनिष्ट पार्टीभित्रकै शक्तिशाली युथ लिगलाई नेतृत्व प्रदान गरेका थिए जबकि सी जिनपिङ युथ लिगलाई मन पराउँदैनन् । एक किसिमले युथ लिगलाई उनले अवसान नै गरिदिए । अन्तर्राष्ट्रिय मिडियाको उपस्थितिमा भएको यस घटनाले विश्व समक्ष एउटा सन्देश प्रवाहित गर्ने काम भएको छ कि चीनमा सीबाहेक अरू कसैको केही हैसियत नै छैन । सीको शासनमा भ्रष्टाचारको आरोपमा कम्युष्टि पार्टीका एक सयभन्दा बढी उच्चस्तरीय सदस्य, मध्यम र निम्न स्तरका एक लाखभन्दा बढी कर्मचारीहरू थुनिए । भ्रष्टाचार गरेकालाई धन फिर्ता गर्न लगाए । प्रधानमन्त्री बेन जियाबाओकी श्रीमती झानु पेली, योङकिङका शक्तिशाली नेता बी जिलाई सर्वोच्च पदमा रहेका सुरक्षा कर्मचारी सबै भ्रष्टाचारीमाथि कारबाही हुने भयो । पार्टीका सदस्यहरू, सरकारी अधिकारी कर्मचारी र निजी कम्पनीबीच भ्रष्टाचारको गठबन्धन नै रहेको मान्न सकिन्छ । ठीक छ, भ्रष्टाचारीमाथि कारबाही भएको छ तर भ्रष्टाचार आखिर किन र कसरी हुन गयो ?

यस प्रश्नको जवाफ पनि खोजिनुपर्ने हो । कम्युनिष्ट पार्टीको शासनमा भएका भ्रष्टाचार, अनियमितता र अराजकताका सत्य तथ्य त ती पार्टीको शासनसत्ता अन्त्य भएपछि मात्रै थाहा हुन्छ । जस्तो कि सोभियत संघ, कम्बोडिया र पूर्वी युरोपका देशहरूमा सार्वजनिक भइआएका छन् । भ्रष्टाचारीको आरोपमा सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र विरोधीलाई ठेगान लगाउन अवश्य सफल भएका छन् । भ्रष्टाचारविरोधी अभियानलाई जनताले समर्थन गर्नु स्वभाविकै हो । यसले गर्दा सिको लाोकप्रियतामा कमी आएन ।

सन् २०००-२०२० को अवधिमा चीनको सबैभन्दा बढी आर्थिक वृद्धिदर राष्ट्रपति हु-जिन्ताओको दश वर्षे कार्यकाल (सन् २००२-२०१२) मा थियो । त्यतिबेला चिनियाँ आर्थिक वृद्धिदरले १४ प्रतिशतको उचाइलाई छोएको थियो तर सी जिनपिङ राष्ट्रपति भएपछि यो विकासदर दु्रत गतिमा घट्दै गएर कोरोना महामारीको समय सन् २०२० मा २ प्रतिशत रहृयो । चीनलाई अमेरिकाको राष्ट्रिय आयलाई उचिन्न आर्थिक वृद्धिदर कमसेकम ५ प्रतिशत चाहिन्छ । सन् २०२०-२०३० को अवधिमा चीन नै अमेरिकालाई उछिनेर विश्वको अग्रिम राष्ट्र हुन्छ भन्ने अनुमान गरिएको थियो तर आजको स्थितमा चीनले अमेरिकालाई उछिन्न अझै ४० वर्ष लाग्ने अनुमान पनि गरिन्छ । चिनियाँ विकासको जुन प्रचारप्रसार गरिएको थियो त्यो यथार्थभन्दा कोसौं टाढा पुग्न गएको छ ।

आर्थिक रूपले पनि चीन अब विचलित हुने संघारमा पुगेको छ । चीनको गौरव मानिँदै आएको चाइना रेल्वे र चाइना एयरवेज पनि घाटामा चलिरहेको आरोप छ र कुनै पनि बेला यो विचलन घोषित हुन सक्छ । रियल स्टेटमा चीनले लगानी गरेको ९ ट्रिलियन डलरको लगानी पनि उसका निम्ति अब निरर्थक सावित भइरहेको अवस्था छ । उसले अपेक्षा गरे अनुसारको प्रतिफल हासिल गर्न सकिरहेको छैन । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको १.५ ट्रिलियन डलर लगानीको अवस्था पनि घाटाको कारोबारमा नै सावित भइरहेको अवस्था छ ।
कतिपयले त चीन ४५ ट्रिलियन डलरको क्षति भोग्नुपर्ने अवस्था आउन सक्ने अनुमान पनि गरिरहेका छन् । केहीअघि कतिपयले यस कुरामा टिप्पणी गर्दै थिए कि आखिर चीन किन विश्वका आधाभन्दा बढी खाद्यान्न आफ्नो देशमा किन संरक्षित गरिरहेको छ तर हाल ऊसित अब ३० प्रतिशत खाद्यान्नमात्रै बाँकी रहन गएको छ । एप्पल जस्तो विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनी अब भारततिर आफ्नो कारोबार चलाउने निष्कर्षमा पुगेको छ । चीनमा करिब दुई लाख युवा बेरोजगार हुन गएका छन् ।

आज पूरा विश्व लकडाउनबाट मुक्त रहेको छ जबकि चीनमा सरकारले लागू गरेको कोभिड शून्य नीतिका कारण कलकारखाना र उद्योगधन्धा त्यहाँ बन्द भएका छन् । जनता घरमा थुनिन बाध्य भएका छन् ।

कोभिड-१९ को संकटबाट विश्व समुदायबाट ग्रसित रहेका बेला सन् २०२० मा चीनले आफ्नो देशका शहरमा सपिङमल, स्वीमिङ पुल र थिएटरलगायत सार्वजनिकस्थलमा जनताका भिड देखाएर आफ्नो देशलाई कोभिड-१९ को प्रभावले छुन पनि नसकेको संकेत दिन खोजेको थियो तर आजको अवस्थामा एक दिनमा ४० हजार कोभिड पोजिटिभ चीनमा फेला परेको समाचार आइरहेका छन् । आज पूरा विश्व लकडाउनबाट मुक्त रहेको छ जबकि चीनमा सरकारले लागू गरेको कोभिड शून्य नीतिका कारण कलकारखाना र उद्योगधन्धा त्यहाँ बन्द भएका छन् । जनता घरमा थुनिन बाध्य भएका छन् । लकडाउनका कारण घरबाट निस्केर उपचार गराउन नपाएका कारण एकजना जलेर मरेपछि संघाई क्षेत्रमा जनता हजारौंको संख्यामा सडक प्रदर्शनमा आए र सरकारको नीतिको पनि विरोध गरे साथै राष्ट्रपतिको राजीनामा समेत माग गरे ।

बाहृय रूपमा चीनले मित्रभन्दा बढीविरोधी नै कमाएको छ । सन् २०४९ भित्र ताइवानलाई चीनको अभिन्न अंग बनाउने उसको अभियानलाई अमेरिकाले सजिलै सफल हुन दिने छैन । दक्षिण चीन सागर र इण्डो प्यासिफिक क्षेत्रमा चीनले ठूलै चुनौतीको सामना गर्नुपर्नेछ । भारतको बढ्दो आर्थिक र सैन्य प्रभावले दक्षिण एशियामा र पूर्वी एशियामा चीनको बढ्दो प्रभावमाथि रोक लगाइरहेको अवस्था छ । जापान, अष्टे«लिया र अमेरिकासितको सहकार्यले चीनलाई थप चिन्तित बनाएको छ । बीआरआईअन्तर्गत दिइएका ऋण सजिलै नउठले सम्भावनाले चीनलाई समस्याग्रस्त बनाउने छ । सिपिसिमा र देशभित्र सी जिनपिङको प्रभाव तत्कालै त कम छैन तर आगामी दिनमा उनका निम्ति पनि चुनौतीपूर्ण हुने निश्चित छ । उनलाई झन् अविश्वसनीय बनाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?