लमजुङमा दुई वर्षमा लैंगिक हिंसासम्बन्धी ६७ घटना दर्ता

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लमजुङमा दुई वर्षमा लैंगिक हिंसासम्बन्धी ६७ घटना दर्ता भएका छन् । करिब पाँच महिनाको अवधिमा लैंगिक हिंसासम्बन्धी नौवटा अपराधका घटना घटेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९-८० को साउनदेखि हालसम्म नौवटा उजुरी परेको हो ।

कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार चालू आर्थिक वर्षमा जबर्जस्ती करणीसम्बन्धी अपराधका चारवटा घटना भएको छ । जबर्जस्ती करणी उद्योगसम्बन्धी अपराध तीनवटा भएको छ । अवैध गर्भपतनसम्बन्धी एउटा र बाल यौन दुरुपयोगका घटना भएको श्रीमलले बताउनुभयाे ।

आर्थिक वर्ष २०७८/७९ मा ३२ वटा लैंगिक हिंसासम्बन्धी उजुरी परेको थियो । सो वर्ष सबैभन्दा धेरै जबर्जस्ती करणीसम्बन्धी २० वटा घटना परेको थियो ।

जबर्जस्ती करणी उद्योगको तिनवटा, बालविवाहसम्बन्धी एक, बहुविवाहसम्बन्धी पाँचवटा उजुरी परेको थियो । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा र बाल यौन दुरुपयोगसम्बन्धी दुईवटा घटना घटेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ वटा घटना घटेको थियो । जबर्जस्ती करणीसम्बन्धी १५ वटा उजुरी परेको थियो । जबर्जस्ती करणी उद्योगसम्बन्धी चारवटा, बहुविवाहसम्बन्धी पाँच वटा घटना भएको थियो । बोक्सीको आरोपसम्बन्धी एउटा र बाल यौन दुरुपयोगसम्बन्धी एउटा उजुरी परेको थियो ।

करिब साढे दुई वर्षको तथ्यांक हेर्दा ६७ वटा लैंगिक हिंसासम्बन्धी अपराध भएको पाइएको छ । विगतका वर्षाभन्दा घटनामा केही कमी आएको प्रहरीले जनाएको छ । नागरिकमा सचेतना वृद्धि भएको, हिंसाप्रति सचेत भएकाले पनि केही कमी आएको प्रहरीले जनाएको छ ।

प्रहरीले हिंसा न्यूनीकरणका लागि समुदाय, विद्यालय, कलेजमा अभिमुखीकरण, अन्तरक्रिया, र्‍याली, रेडियो, टिभी कार्यक्रम, प्रहरी नागरिक हातेमालो कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दैआएको प्रनाउ श्रीमलले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?