बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ः३० बजे पाटन नगरपालिका १० डन्सेली भन्ने स्थानमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिप चालक समेत रहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालिका ३६ बर्षिय तेज बहादुर साउदको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

जिप सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ । जिपमा चालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?