‘हुम्ला कप’ विजेता बन्यो सनलाइट क्लब

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा गाउँपालिका स्तरियर सञ्चालन भएको नाइन ए साइट हुम्ला कप फुटबलकोे विजेता सनलाइट क्लब बनेको छ । फाइनल खेलमा सिमब्वाइज क्लबलाई हराउँदै सनलाइट विजेता भएको हाे ।

विजेता सनलाइटले सिमकोटकै सिम ब्वाइज क्लबलाई शून्यका विरुद्ध एक गोल गरेर फाइनलमा विजेता भएको ठेहे उद्यमान क्लबका कार्यवाहक अध्यक्ष चुमन बोहराले बताउनुभयो । पेनाल्टी एरियामा सिमब्वाइजका धीरज रोकायाले ह्याण्ड गरेपछि पेनाल्टीबाट सनलाइट विजेता भएको थियो । सनलाइटको उक्त गोल विनोद लामाले गरेका हुन् । सिमब्वाइज प्रतियोगिताको उपविजेता भएको छ ।

त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी सिमब्वाइजका विकास शाही, किपर सनलाइटका नरेश रोकाया र सबैभन्दा बढी गोल गर्ने चाङ्ला युवा क्लबका धीरेन रावत रहेका छन् । यस्तै अनुशासित खेलाडी समुहमा खार्पुनाथको छिप्रा समुह रहेको थियो । भने उनिहरुलाई प्रमाण पत्रसहित पुरस्कार समेत वितरण गरिएको हो ।

प्रतियोगितामा विजेता टिमलाई रु ५० हजार र उपविजेतालाई २५ हजार नगद प्रदान गरिनुका साथै ट्रफी, पदक, प्रमाणपत्र समेत वितरण गरिएको थियो । ट्रफी, पदक, नगद र प्रमाणपत्र पत्रकार महासंघका अध्यक्ष राजन रावत, हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले वितरण गर्नुभएको हो ।

प्रत्येक प्रतियोगितामा एक जना म्यान अफ द म्याचको पनि व्यवस्था गरिएको र सो खेलाडीलाई एक हजार नगद प्रदान गरिनेछ । ठेहे उदयमान युवा क्लबको आयोजनामा सञ्चालन भएको हुम्ला कप फुुटबल नाइन ए साइट प्रतियोगितामा १३ वटा टिमको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?