कालिका क्याम्पसले निर्माण गरेको जनशक्तिले भविश्यमा देशको नेतृत्व गर्ने छ : एमाले उपाध्यक्ष पौडेल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले स्थापना भएको छोटो अवधिमै कालिका क्याम्पसले मुलुकमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ ।

उहाँले यहीबाट उत्पादन भएका जनशक्तिले भविष्यमा मुलुकको नेतृत्व गर्न सक्ने उल्लेख गर्नु भएको हो । बुटवल तथा सिंगो रुपन्देहीलाई शिक्षाको हबका रुपमा विकास गर्नका लागि कालिका स्कूल तथा क्याम्पसले खेलेको भूमिकाको महत्वपुर्ण रहेको पौडेलको भनाई छ ।
क्याम्पसको ९औं वार्षिक उत्सवका अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जिल्लालाई आर्थिकसँगै शैक्षिक केन्द्र र हबको रुपमा विकास गर्नका लागि आफ्नो प्रयास रहने बताउनु भयो।

वार्षिक उत्सवको अवसरमा क्याम्पसको ४३ कोठे नयाँ भवनको पौडेलले उद्घाटन गर्नु भएको छ । २०७० साल क्याम्पस स्थापना भएको थियो । पौडेलले शैक्षिक विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने प्रयास तथा आवश्यक सुझाब दिनका लागि विद्यार्थी समक्ष आग्रह गर्दै पौडेलले जुनसुकै बेला गुनासो सुन्न आफू तयार भएको उल्लेख गर्नु भयो ।

उहाँले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पुर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गर्नु भएको छ ।

प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रकृया मिचेर हतारमा मन्त्रालय सार्ने निर्णय गलत भएको पौडेलले बताउनु भयो । संरचना नबन्दै मन्त्रालय सार्ने गलत निर्णय भएको पौडेलको भनाई छ । ‘गलत निर्णयले गलत परिणाम निस्कन्छ, हेर्दै जानुहोला उपाध्यक्ष पौडेलले भन्नुभयो ।

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका पौडेलले आफ्नो पार्टीले जनादेशको सम्मान गर्ने भएकाले यसपटक प्रतिपक्षमा बस्ने बताउनु भयो । चुनावको जनादेशले एमालेलाई वहुमत नदिएकाले प्रतिपक्षमा बस्ने उहाँको भनाई छ।

२०७० साल क्याम्पस स्थापना भएको थियो । शुरुमा बीएड, बीबीएस पढाई हुने क्याम्पसमा विद्यार्थीहरुको मागसँगै २०७५ सालदेखि ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए) को कार्यक्रम समेत यस विद्यालयले सञ्चालन गर्दै आएको छ ।

क्याम्पसले अब छिटै बीएसस्सी अन्तर्गत सीएसआईटी, बीबीए र एमबीएस पनि पढाउने तयारी गरेको क्याम्पस प्रमुख घनश्याम पाठकले बताउनु भयो । ‘अब क्याम्पस क्यूएएमा जांदैछ, त्यसपछि निकट भविष्यमै बीएसस्सी सीएसआईटी, बीबीए र एमबीएसको पढाई पनि शुरु गर्ने योजना छ’ –पाठकले भन्नुभयो हामी कान्छो सामुदायिक क्याम्पस हौं, तर ९ वर्षमै २ पटक बीसीएमा शतप्रतिशत विद्यार्थी पास गराई नेपाल टप भएर गुणस्तरीय शिक्षामा कायापलट गर्न सफल भएका छौं ।’

३५ जना विद्यार्थीबाट शुरु भएकोमा अहिले क्याम्पसमा २८ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको कालिका क्याम्पसका अध्यक्ष अर्जुनमान सैंजूले वताउनु भयो । क्याम्पसमा बीबीएस र बीसीएतर्फ ५० जना र बएिडतर्फ १३ जना गरी ६३ जना प्राध्यापक र १२ जना नन टिचिङ स्टाफ सहित ७५ जना कर्मचारी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?