विद्यार्थीका लागि मोबाइल फोन लागुऔषध बराबर : मेयर आले

Read Time = 2 mins

भोजपुर । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले विद्यार्थीहरुका लागि मोवाइल फोन लागुऔषध बरावर हुने भएकाले त्यसलाई निरुत्साहित गर्नु पर्ने बताउनु भएको छ ।

राणा शासनको अन्त्यसँगै स्थापना भएको भोजपुर सदरमुकाममा रहेको बिद्योदय माध्यमिक विद्यालयको ७२ औ बार्षिकोत्सवको उद्धघाटन गर्दै नगर प्रमुख आलेले विद्यालयको शैक्षिक सुधारका लागि बिद्यालय भित्र मोवाइल प्रयोग गर्न विद्यार्थीहरुलाई दिनु नहुने बताउनु भयो ।

आलेले भन्नुभयो,“बिद्यालयमा बिद्यार्थीहरुलाई मोवाइल ल्याउन दिनु पनि लागुऔषध बरावर नै हो, त्यसैले विद्यालयले यस तर्फ ध्यान दिनुपर्छ ।”

नमुना बिद्यालय भएकाले शैक्षिक सुधारका लागि बिद्यालय भित्र राजनीतिक नगर्न पनि नगर प्रमुख आलेले शिक्षक तथा कर्मचारीहरुलाई आग्रह गरे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षता भएको बार्षिकोत्सव समारोहमा बिद्यालयका प्रधानाध्यापक शिवनाथ ठाकुरले भौतिक, शैक्षिक तथा आर्थिक प्रगती बिवरण प्रस्तुत गर्नुभएको थियो ।

सोक्रममा बिद्यालयमा खुलेका विभिन्न अक्षयकोषबाट उत्कृष्ट अंक ल्याउने छात्राछात्राहरुलाई पुस्कृत गरिएको छ । सहभागी बक्ताहरुले सदरमुकामको ऐतिहासिक बिद्यालय भएकाले यसको शैक्षिक सुधारमा अझ सशक्तरुपमा लाग्नु पर्ने धारणा राखेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?