प्रथम मेयर कप फुटबल आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । रत्ननगरमा शनिबार (आज) देखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुनेभएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मंसिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुनेछ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ र द्वितीय हुनेलाई ५५ हजार पाँच सय ५५ रुपैयाँसहित शिल्ड र मेडल प्रदान गरिनेछ । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई दुई हजार पाँच सय रुपैयाँ र सम्पूर्ण खेलमध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि नगरपालिकाले सात लाख ९८ हजार छ सय ६६ रुपैयाँ बजेट बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले जानकारी दिनुभयो । जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाका खेलाडीको सहभागिता रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?