काठमाडौं । एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार (आज)देखि हुने यु-१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आउनुभएको हो । दुई दिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो ।
एसिया रग्बीका सदस्यसमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव एवं प्रवक्ता गोविन्द घिमिरेलगायतले अध्यक्ष धलाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष धलाईले यु-१८ रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले सञ्चालन गर्न लागेकोमा धन्यवाद दिँदै प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल एसिया रग्बीको सक्रिय संघमध्ये एक भएको बताउँदै नेपाल लुम्बिनी, सगरमाथाको देश भएको हुँदा आउँदा दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको