बाँस्कोटालाई खेलकुद संघको सम्मान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वरिष्ठ चिकित्सक प्रा.डा.अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ । अपांगता भएका व्यक्तिहरूको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी र पूर्वयुवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले वरिष्ठ अर्थोपेडिक चिकित्सक प्रा.डा.बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत अपांगता भएका गरिब तथा असहाय बालबालिकाको उपचारमा पु¥याएको योगदान र हालै ‘टिकेएस’ अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकोमा वरिष्ठ चिकित्सक बाँस्कोटालाई सम्मान गरेको बताउनुभयो । पूर्वयुवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत बाँस्कोटाले हजारौं बालबालिकालाई नयाँ जीवन दिएर राज्यले गर्नुपर्ने काम गर्दै आएको बताउनुभयो ।

सम्मानित भएपछि वरिष्ठ चिकित्सक बाँस्कोटाले घुम्ती शिविरमार्फत देशका दूरदराजका अपांगता भएका बालबालिकाको खोजी गरी केन्द्रमा ल्याएर उपचार गर्दै आएको बताउनुभयो । उहाँले आफूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेकोमा अखिल नेपाल खेलकुद संघलाई धन्यवाद दिनुभयो । बाँस्कोटाले यसअघि पनि विभिन्न अन्तर्राीष्ट्रय अवार्ड प्राप्त गर्नुभएको छ । उहाँले सन् २०१३ मा बेलायतको ‘स्टार्स फाउण्डेशन अवार्ड’, सन् २०१६ मा अमेरिकाको ‘वल्र्ड अफ चिल्ड्रेन अल्मुमिनी अवार्ड’ र सन् २०२१ मा अमेरिकाकै ‘वल्र्ड अफ चिल्ड्रेन अवार्ड’ पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?