किरणको टोली पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मलित इण्डियन आइ लिग टोली पञ्जाव एफसी पराजित भएको छ । पञ्जाव एफसी घरेलु टोली तिडिम रोड एथलेटिक युनियन एफसीसँँग २-० ले पराजित भएको थियो । तिडिमले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थियो । बुनाथाङलुनले २५औं मिनेटमा तिडिमका लागि पहिलो गोल गर्नुभएको थियो । अर्को गोल सलाम जोन्सन सिंहले ५५औं मिनेटमा गोल थप्नुभएको थियो । किरणले पूरा समय मैदानमा बिताउनुभएको थियो ।

जारी लिगमा पञ्जावको यो पहिलो हार हो । यसअघिका पाँच खेलमा तीन जित निकालेको पञ्जावले एक खेलमा बराबर गरेको थियो । पाँच खेलपछि १० अंकका साथ पञ्जाव पाँचौं स्थानमा रहेको छ । रियल कस्मिर १६ अंकका साथ शीर्षस्थानमा रहेको छ । ६ खेलमा सात अंक जोडेको तिडिम सातौं स्थानमा रहेको छ । आई लिगमा १२ टोलीको सहभागिता छ । आई लिगको तयारीका क्रममा भारतमा रहेका कारण किरण पाकिस्तानविरुद्ध कात्तिक ३० गते दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा उपस्थित थिएनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?