सिर्जनालाई ऐतिहासिक स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालकी सिर्जना घिसिङले विश्व पारा तेक्वान्दोको ग्राण्ड प्रिक्स (जी १०) मा ऐतिहासिक स्वर्णपदक जित्नुभएको छ । नेपाली पारा तेक्वान्दोको इतिहासमा ग्राण्ड प्रिक्समा नेपालले जितेको यो पहिलो ऐतिहासिक पदक हो । साउदी अरेबियाको रियादमा भएको फाइनलमा विश्व वरीयताको शीर्षस्थानमा रहनुभएकी टर्कीकी क्याभडर मेरयेम बेटुललाई १२-० अंकका आधारमा पराजित गर्दै सिर्जनाले ऐतिहासिक स्वर्णपदक जित्नुभएको हो । उहाँले जितेकी पारा तेक्वान्दो के ४४ विधाअन्तर्गत ५२ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

प्रतियोगितामा सिर्जनाले लगातार उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले क्वार्टरफाइनलमा विश्व वरीयताको दोस्रो स्थानमा ररहनुभएको मेक्सिकोकी जेसिका क्वीजानोलाई आठ-सात अंकका आधारमा तथा सेमिफाइनलमा तेस्रो वरीयताकी ब्राजिली खेलाडी क्रिष्टियन नासिमेन्तोलाई १५-१३ अंकका आधारमा हराउँदै फाइनल यात्रा तय गर्नुभएको थियो ।

नेपाली प्रशिक्षक कविराज नेगीले देशका लागि पारा खेलाडीहरूले गौरवपूर्ण इतिहास रचेको बताउनुभयो । ‘विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले हात पारेको यो उपलब्धिले सबै नेपालीलाई गौरव गर्ने अनुभूति बनाएको छ’, उहाँले भन्नुभयो, ‘सिर्जनाको अविरल मिहिनेतले यो सफलता हात परेको हो । आगामी दिनमा पारा खेलमा अझै लगानी गर्ने हो भने थुप्रै खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलहरूमा नेपाललाई गौरम्वावित पार्नेछन् ।’

स्वर्णसँगै सिर्जना पारा तेक्वान्दोको आफ्नो तौल समूहमा सातौ वरियतामा उक्लनुहुने भएको छ । यसअघि उहाँ १४औं वरीयतामा हुनुहुन्थ्यो । स्वर्ण पदकेसँगै सिर्जनाले १०० अंक बटुल्नुभएको थियो । सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लुटी प्रेसिडेन्ट कपमा रजत जित्नुभएको थियो । पेरिस पारा ओलम्पिक २०२४ का लागि ¥याङकिङ प्रतियोगितासमेत भएकाले प्रतियोगिता महत्वपूर्ण रहेको प्रशिक्षक नेगीले बताउनुभयो । यस प्रतियोगितामा विश्व वरीयताका शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र सहभागिता जनाउन पाउथे ।

नेपाली पारा तेक्वान्दो पहिलोपटक ग्राण्ड प्रिक्सको फाइनलसमेत पुगेको हो । यस प्रतियोगितामा नेपालबाट सिर्जनासँगै ओलम्पियन पलेशा गोवद्र्धनले पनि प्रतिस्पर्धा गर्नुभएको थियो । के ४४ कै ५७ केजीमुनि तौल समूहको क्वाटरफाइनलमा पलेशा इरानकी इव्राहिमी रोजासँग आठ–दुई अंकका आधारमा पराजित हुनुभएको थियो । विश्व वरीयतामा पलेशा १०औं स्थानमा हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?