एक नेपाली गायक जो गाउँछन् १५० देशका राष्ट्रगान उनीहरूकै भाषामा

Read Time = 8 mins

काठमाडौं । विश्व राष्ट्रगान यात्री रामजी नेपालीले वल्र्डकप-२०२२ को अफिसियल गीत गाउनुभएको छ । विश्वकप-२०२२ कतारको अफिसियल गीत ‘हाया हाया बेटर टुगेदर...’को कभर गीतमा नेपालीलाई स्वरमा कामना क्षेत्रीले साथ दिनुभएको छ । गीतको निर्माण होमलाल पुनले गर्नुभएको हो । खेलकुद पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले गीत निर्माण गरिएको गायक नेपालीले बताउनुभयो । गीतको भिडियो ‘के कसरी’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

गायक नेपालीले अहिलेसम्म विश्वका १५० देशका राष्ट्रगान त्यही देशको भाषामा गाइसक्नुभएको छ । उहाँ विश्वकपको कभर गीत कतारमा गएर सुनाउने तयारीमा पनि हुनुहुन्छ । ‘त्यहाँ पुग्दा र विश्वका १५० देशको राष्ट्रगान सुनाउँदा एक त उनीहरूलाई आफ्नो देशप्रति गौरवबोध हुनेछ भने अर्को नेपालको पहिचान र परिचयलाई पनि व्यापकता दिन टेवा पुग्नेछ,’ उहाँले बताउनुभयो ।

गायक नेपालीले अहिलेसम्म विश्वका १५० देशका राष्ट्रगान त्यही देशको भाषामा गाइसक्नुभएको छ । उहाँ विश्वकपको कभर गीत कतारमा गएर सुनाउने तयारीमा पनि हुनुहुन्छ । उहाँले नेपालको राष्ट्रिय झण्डा काँधमा बोकेर पाँच देशका विभिन्न राज्यमा पुगेर राष्ट्रिय गान गाइसक्नुभएको छ ।

तर, विश्वकप र विश्वयात्रा खर्च कसरी जुटाउने ? गायक नेपालीलाई यही पिरलोले सताइरहेको छ । नेपाली भन्नुहुन्छ, ‘मसँग देशप्रतिको दायित्व छ, देश चिनाउने पवित्र सोच र अठोट छ, प्यासन छ । यसमा नेपाल र नेपालीको साथ अवश्य रहनेछ ।’ असम्भव भन्ने कुरा केही छैन भन्ने कुराबाट आफू प्रेरित रहेको उहाँको जिकिर छ । कतार जानका लागि सम्पूर्ण प्रक्रिया पूरा भए पनि आर्थिक जोहो नहुँदा आफू त्यसका लागि लागिपरिरहेको उहाँले सुनाउनुभयो ।

रामजीले नेपालको राष्ट्रिय झण्डा काँधमा बोकेर पाँच देशका विभिन्न राज्यमा पुगेर राष्ट्रिय गान गाइसक्नुभएको छ । २३२ देशका राष्ट्रगान त्यही देशको भाषामा गाएर ती देशमा पुगेर नेपालको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताउनुहुने उहाँ अहिलेसम्म फ्रान्स, बेल्जियम, स्पेन, नेदरल्याण्ड र भारतसम्म पुग्नुभएको छ । ‘म यो विश्वमा भएका सबै देशमा पुगेर त्यहीँको भाषामा त्यही देशको राष्ट्रगान गाउने र त्यस देशका मानिसहरूलाई सुन्दर देश नेपाल घुम्न आउन आहृवान गर्ने उद्देश्य राखेर अघि बढिरहेको छु, अहिलेसम्म १५० देशका राष्ट्रगान गाएको छु र बाँकी देशका सिक्दै छु’, हिमालय टाइम्ससँग कुराकानी गर्दै उहाँले भन्नुभयो । विभिन्न देशमा पुगेर राष्ट्रिय गान गाउँदा उच्च सम्मान मिलेको विश्व राष्ट्रगान यात्री रामजीको अनुभूति छ । सुरुमा बोल्नलाई अप्ठ्यारो मान्नेहरू पनि ती देशको राष्ट्रगान गाएपछि ‘वाओ’ भनेर सम्मान गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

सन् २०१५ सालदेखि देशको पहिचानका लागि पृथक् भूमिका र योगदान दिने सोच र चिन्तनले यस्तो अभियानमा लागेको उहाँको भनाइ छ । विश्वका आठ अर्ब मानिसलाई नेपालबारे जानकारी दिने योजना रहेको उहाँको महत्वाकांक्षी उद्देश्य छ । ‘राष्ट्रगान त्यस्तो विषय हो, मैले भारतको गाउँदा एकैसाथ एक अर्ब ३६ करोड जनतालाई सम्मान गर्न सक्छु, चीनको गाउँदा एक अर्ब ४३ करोड मानिसलाई सम्मान गर्न सक्छु,’ उहाँ बताउनुहुन्छ । राष्ट्रिय गानसहितको विश्वयात्राका क्रममा बुद्धको देश र सगरमाथाको देश नेपालमा घुम्न आउन उहाँले आहृवान गर्दै आउनुभएको छ । ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’ भन्ने मूल नारा बोकेर हिँड्नुभएका उहाँ विश्वसामु नेपाल चिनाउने, पर्यटन प्रवद्र्धन गर्ने र त्यसमार्फत् मुलुकको समृद्धिमा टेवा पुर्‍याउन सकिने दाबी गर्नुहुन्छ ।

‘कसैले त रामजी बौलायो ? राष्ट्रिय झण्डा बोक्या छ, हिँड्या छ, पागल भयो भन्दारहेछन् । तर, म अलि कठोर बनेर यो निर्णय लिएको हुँ । पहिले म आफ्नै देशको राष्ट्रिय गान पनि अकमकी अकमकी गाउँथे । अहिले १५० देशको सहजै गाउन सक्ने भएको छु, राष्ट्रिय गानमार्फत् तीन करोड नेपालीलाई विश्वका आठ अर्ब मानिससँग जोड्ने मेरो प्रयास हो ।’

सबै तयारी भइसकेको र आर्थिक अभावका कारण समयमै कतार जान नपाएकोमा केही निराश देखिनुभएका उहाँ अब छिट्टै त्यहाँ पुगेर विश्वभरबाट आएका खेलप्रेमीलाई ती देशको राष्ट्रगान उनीहरूकै भाषामा सुनाउनेमा आशावादी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मसँग देशप्रतिको दायित्व छ, अठोट छ, प्यासन छ । नेपाल र नेपालीको साथ रहनेछ ।’ असम्भव भन्ने कुरा केही छैन भन्ने कुराबाट आफू प्रेरित रहेको उहाँ बताउनुहुन्छ । आफ्नो तर्फबाट गर्ने गरिरहेको छु । धेरैले स्वतस्फूर्त सहयोग पनि गरिरहेका छन् । ‘आफ्नो सोचअनुसारको सपना पूरा गर्न ठूलो खर्च लाग्छ । झट्ट सोच्दा कठिन छ तर असम्भव छैन,’ उहाँले भन्नुभयो, ‘साहसभन्दा पनि दुस्साहस गर्नेहरूले नयाँ इतिहास लेखेको विगत छ । मेरो यो दुस्साहस नै हो ।’

उहाँ अगाडि भन्नुहुन्छ, ‘कसैले त रामजी बौलायो ? राष्ट्रिय झण्डा बोक्या छ, हिँड्या छ, पागल भयो भन्दारहेछन् । तर, म अलि कठोर बनेर यो निर्णय लिएको हुँ ।’ ‘पहिले म आफ्नै देशको राष्ट्रिय गान पनि अकमकी अकमकी गाउँथे । अहिले १५० देशको सहजै गाउन सक्ने भएको छु,’ गायक नेपाली भन्नुहुन्छ, ‘राष्ट्रिय गानमार्फत् तीन करोड नेपालीलाई विश्वका आठ अर्ब मानिससँग जोड्ने प्रयास हो ।’ बागलुङको लहरेपिपलमा जन्मिनुभएका नेपाली सानैदेखि गीतसंगीतमा रुचि राख्नुहुन्थ्यो । उहाँले एक सयभन्दा बढी नेपाली गीतमा स्वर र संगीत दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?