काठमाडौं । वल्र्डकप २०२२ का लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारमध्ये कतारमै बसोबास गर्दै आएका सातजना नेपाली आप्रवासी कामदारलाई कोका-कोला नेपालले रंगशालामै प्रत्यक्षरूपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ । आफ्नो परिवारको सुख र खुशीका लागि अवसरको खोजीमा विदेशिएका नेपालीहरूको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरूप कम्पनीले पहल लिएको जनाएको छ ।
कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘कोका-कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपका लागि कतार रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरूका लागि केही गर्न चाहन्थ्यौँ । उहाँहरूको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ । उहाँँहरूले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौँ ।’
कोका-कोलाले यसभन्दा अघि पनि आफ्नो दशैँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारलाई कतार-नेपाल दुईतर्फी हवाई टिकट व्यवस्था गरिदिएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको