खल्तीको बैंक लिंक अफर

Read Time = 2 mins

काठमाडौं । खल्तीले ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ । अफरअन्तर्गत खल्तीले आफ्नो लिंक गरिएका बैंक खातामार्फत् भुक्तानी गर्ने योग्य प्रयोगकर्तामध्ये दैनिक एक भाग्यशाली विजेतालाई ३२ इन्चको टिभी जित्ने मौका प्रदान गर्नेछ । साथै प्रयोगकर्ताले पहिलोपटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा एक सय रुपैयाँ बोनस तत्काल पाउने पनि कम्पनीले जनाएको छ । बोनस खल्तीमा पहिलोपटक आफ्नो बैंक खाता लिंक गर्ने र आफ्नो लिंक गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताका लागि लागू हुनेछ ।

अफर अवधिमा आफ्नो लिंक गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्तामध्ये हरेक दिन एक भाग्यशाली प्रयोगकर्तालाई ३२ इन्च टिभी प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले अफरलाई थप आकर्षित बनाउँदै हरेक हप्ताको सोमबार र बिहीबार फायर सेल पनि ल्याएको छ । प्रयोगकर्ताले बिजुलीको बिल, ल्याण्डलाइन, चलचित्र, इन्टरनेट डाटा प्याक, जीवन बीमा जस्ता सेवामा हरेक दिउँसो १ बजे फायर सेलका लागि ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ । त्यस्तै, कम्पनीले आफ्नो चलिरहेको ‘खल्तीमा इ-स्कुटर’ अफर पनि सञ्चालन गरिरहेको छ । जहाँ प्रयोगकर्ताले एक सय रुपैयाँको टपअपमा एआइएमएस टाइगर एस ५ इभी स्कुटर जित्नुका साथै हरेक हप्ता एक भाग्यशाली विजेताले एआइएमएस गुडिज जित्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?