इभी नेपाल मोटर्सको शोरुम नक्सालमा

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । इभी नेपाल मोटर्सले काठमाडौंको नक्सालमा शोरुम सञ्चालनमा ल्याएको छ । दुईपांग्रे सवारीसाधन बिक्री गर्दै आएको कम्पनीले हाल चारपांग्रे सवारीसाधनका लागि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

इभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । जसले हाल बिलिङ मोटर्सअन्तर्गत पिटी एसजिएमडब्लु मोटर्स इण्डोनेसियाका लागि शोरुम सञ्चालनमा ल्याउनुका साथै इण्डोनेसियामा निर्मित चार सिट क्षमताको अमेरिकन जी मोटर्सको पनि लगानी रहेको बिलिङ एअर इभी कार लन्च गरेको छ ।

दुई सयदेखि तीन सय किलोमिटर माइलेज रहेको र चार घण्टा ब्याट्री चार्जिङ, आठ वर्ष वारेन्टी रहेको बिलिङ इभी टेस्ला संसारकै सबैभन्दा बढी बिक्री हुने दोस्रो नम्बरमा रहेको कम्पनीको दाबी छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?