काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू(बिओके) मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाले ग्लोबल आइएमई बैंक र बिओके मर्र्जर सम्बन्धमा सञ्चालक समितितर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरूपमा पारित गरेको छ । साथै साधारणसभाले ग्लोबल आइएमई बैंक र बिओके मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डिडिए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ । मर्जरसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा अन्य प्रक्रिया पूरा भइसकेको छ । साधारणसभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँबाट वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्तावसमेत पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/०७९ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन मुनाफा सात अर्ब १८ करोड रुपैयाँ र करपछिको मुनाफा चार अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा बैंकको खुद व्याज आम्दानीतर्फ गत वर्षभन्दा एक अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई चार अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले दुई खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलनका साथै दुई खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका