काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग गर्दै सहकारी विभागसमक्ष सिफारिसपत्र नै बुझाएको छ । बैंक तथा वित्तीय संस्थामा तलरता अभाव चुलिएपछि वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर १२.३३ प्रतिशतसम्म पुर्याएका छन् भने कात्तिकदेखि कर्जामा समेत ब्याजदर बढाएका छन् ।
बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धिपछि सदस्यले सहकारीबाट निक्षेप निकाल्दै बंैक तथा वित्तीय संस्थामा सार्न थालेको र सहकारीले प्रवाह गरेका कर्जा असुली हुन नसक्दा सहकारीमा समेत नगद अभाव चुलिन थालेको भन्दै सन्दर्भ ब्याजदर समयअनुरूप वृद्धि गर्न माग गरेको हो ।
बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धिपछि सदस्यले सहकारीबाट निक्षेप निकाल्दै बैंक तथा वित्तीय संस्थामा सार्न थालेको र कर्जा असुली हुन नसक्दा सहकारीमा समेत नगद अभाव चुलिन थालेको भन्दै सन्दर्भ ब्याजदर वृद्धिको माग गरेको हो ।
त्यस्तै, महासंघले सम्पत्ति रोक्का, कालोसूचीमा समावेशलगायतका व्यवस्थामार्फत् सहकारी संस्थाको खराब ऋण असुलीमा आवश्यक सहयोग गर्नुपर्ने, सरकारका विभिन्न कोषमा रहेको रकम राष्ट्रिय सहकारी बैंकलाई सहुलियतपूर्ण ब्याजमा उपलब्ध गराई तरलता व्यवस्थापनमा सहयोग गर्नुपर्ने, ऐनको व्यवस्थाअनुसार कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुुनुपर्ने, सहकारी क्षेत्रको विषयमा सकारात्मक सन्देश प्रवाह हुने गरी सदस्य तथा आमसमुदायमा सहकारी विभागबाट अपिल जारी गर्नुपर्ने माग गरेको छ । विभागले पछिल्लोपटक सहकारीको सन्दर्भ ब्याजदर वृद्धि गरी १६ प्रतिशत कायम गरेको थियो ।
महासंघले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि भन्दै विभागलाई पाँचबुँदे सुझाव दिएको छ । सुझावपत्रमा बजारअनुरूप सहकारी ब्याजदरलाई स्वचालित बनाउनुपर्ने, सम्पत्ति रोक्का, कालोसूचीमा समावेशलगायतका व्यवस्थामार्फत् सहकारीको खराब कर्जा असुलीको व्यवस्था, सरकारका विभिन्न कोषमा रहेका पैसा सहकारी बैंकमार्फत् बजारमा प्रवाह, ऐनमा भएको व्यवस्थाबमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन र सहकारी क्षेत्रका विषयमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका