जनादेशलाई स्वीकार गर

डा. गणेशप्रसाद घिमिरे
Read Time = 16 mins

राजनीति आफैँमा स्वस्थ, स्वच्छ र प्रतिस्पर्धाले सजिएको हुनुुपर्दछ । राजनेता जीवनका सबै कुरालाई मानवीय संवेदना र जनसेवाको भावनाले भरिएको हुुनुु अनिवार्य मानिन्छ । त्यसैले राजनीतिको एउटा पाटो जीवनको त्यो पक्ष हो जसमा मानिसका सबै कुराको लेखाजोखा हुुने गर्दछ । स्वस्थ र स्वच्छ राजनीतिले दिने सन्देश मानिस अथवा जनताका जीवनमा परिवर्तन ल्याउन सक्नुुपर्दछ । मानिसका वा जनताका हरेक कुरा वा गाँस, वास र कपासको अवस्थालाई राजनीतिले बाहिर ल्याउने गरेको हुन्छ । संसारका प्रत्येक मुलुकमा देखिने राजनीतिक वाद र त्यसले व्यक्त गर्ने भावनाको कदर राजनीतिको सबैभन्दा ठूलो चेतनाको संस्कार पनि हो । कुुनै पनि देशमा गरिने राजनीति र त्यसले व्यक्त गर्ने आधारलाई मुुलुकमा राजनीति गर्ने व्यक्तिले मानिसका संवेदनाका आधारमा बाहिर ल्याउने गरेको हुुन्छ ।

संसारका कुुनै पनि प्रजातान्त्रिक मुुलुकमा देशको व्यवस्था राजनीतिका सञ्चालकबाट बाहिर आएको हुुन्छ । उनीहरूले गर्ने सबै क्रिया नै राजनीतिमा व्यवस्था बनेर जनसामुु आउने गरेका हुुन्छन् । उनीहरूका हरेक क्रिया र उनीहरूले गर्ने निर्णयमा मानिसका वा भनौँ त्यो देशका जनता प्रत्यक्षरूपमा संलग्न बनेर आएका हुुन्छन् । त्यसैले व्यवस्थाको पहिचान नै नेतृत्वमा बस्ने र व्यक्ति तथा उनीहरूका क्रियाकलाप हुन् । देशको राजनीतिले कोल्टे फेर्दासाथ देशका जनता पनि आफैँमा लमतन्न बनेर देखिने खालका हुन्छन् ।

गणतन्त्रको स्थापनापछि नेपालले दोस्रो निर्वाचन सम्पन्न गरेको छ र परिणाम पनि आइसकेको छ । निर्वाचन प्रणालीमा देखिएको विरोधाभास र त्यसले निम्त्याएको परिणामलाई संविधानतः सबैले स्वीकार गर्नुपर्ने देखिन्छ । तर, निर्वाचन प्रणालीमा देखिएका कमजोरी र कानुुनले स्थापना गरेको मान्यतालाई हामीले संवेदनशील बनेर सोच्नुुपर्ने देखिन्छ ।

राजनीति र राजनेतासित जोडिने सबै क्रिया र उनीहरूका निर्णयका भागीदार देशका मानिस हुने गरेका हुन्छन् । यसैलाई राजनीतिको आधारबिम्ब मान्ने गरिन्छ । सबैले गर्ने कर्र्म र त्यसबाट पर्ने असरलाई मानिसका भावनाले बाहिर ल्याएका हुन्छन् । मानिसको भावना वा जनताका चाहनामा कुठाराघात भयो भने जनता वा नागरिक जुुर्मुराएर जाग्ने गरेका हुन्छन् । यही हो राजनीति राजनेताले दिने सन्देश पनि । यही सन्देशमा रमेको मानवीय चेतनाको आधार पनि ।

निर्वाचनले देखाएको बाटो :
गणतन्त्रको स्थापनापछि नेपालले दोस्रो निर्वाचन सम्पन्न गरेको छ । यो निर्वाचनको परिणाम आइसकेको अवस्था छ । निर्वाचन प्रणालीमा देखिएको विरोधाभास र त्यसले निम्त्याएको परिणामलाई संविधानतः सबैले स्वीकार गर्नुपर्ने देखिन्छ । तर, उक्त निर्वाचन प्रणालीमा देखिएका केही कमजोरी र कानुुनले स्थापना गरेको मान्यतालाई हामीले संवेदनशील बनेर सोच्नुुपर्ने देखिन्छ । पहिलो निर्वाचन परिणामले देखाएको बाटोमा नेपाली राजनीतिका दलहरू सचेत बनेर हिँड्न सकेनन् । जसको परिणाम नेपालले मध्यावधि निर्वाचनको पीडा भोग्नुपर्ने अवस्था देखिएको थियो तर नेपालको राजनीतिमा देखिएको र संविधानले व्यवस्था गरेको प्रणालीअनुुसार मुुलुकले मध्यावधि निर्वाचनलाई अस्वीकार गरेको देखियो । अन्ततः आवधिक निर्वाचन प्रणालीमा नेपालको राजनीतिले प्रवेश पायो ।

यही मङ्सिर ४ गते आमनिर्वाचन सम्पन्न भयो । परिणामलाई र निर्वाचनमा देखापरेको जनताको सहभागिताले यो व्यवस्थाप्रति नै प्रश्नचिहृन उब्जाएको देखिन्छ । निर्वाचन प्रणालीप्रतिको असन्तुुष्टि होइन, व्यवस्थाप्रति देखिएको नाराजगी पनि होइन । जनसहभागिताको कमीले देखाएको अवस्थालाई हेर्ने हो भने वर्र्तमान नेतृत्व र उनीहरूले गरेका क्रियाकलापप्रतिको विरोध हो । बुुझ्न नसकिने चिन्तनको पक्ष बनेर उदाएको हो यो निर्वाचन प्रणाली ।

निर्वाचनमा सहभागिता कम हुनु आफैँमा लोकतान्त्रिक मुलुुकमा देखिने असल पक्ष होइन । शासनमा बस्ने र सत्ता चलाउने सबै व्यक्ति जनताका प्रतिनिधि हुन् । उनीहरूलाई जनताले अनुुमोदन गरेर पठाएका हुन् । साठी वा पैँसठ्ठी प्रतिशतबाट मतबाट अनुुमोदन भएको यो अवस्थामा जनप्रतिनिधि र तिनले गरेका कामको पनि लेखाजोखा जनताले राखे भन्ने तथ्यलाई बाहिर ल्याएको प्रमाणित भएको छ । यही हो शासनमा देखिने नकारात्मक पक्ष । यो नकारात्मक पक्षलाई नेतृत्वमा बस्ने नेताहरूले चिर्न सकेनन् भने नेपालको राजनीतिको बाग्डोर र यो व्यवस्थाको भविष्य कमजोर जगमा उभिएको छ भन्ने कुरालाई प्रमाणित गरिदिएको छ ।

निर्वाचनमा देखिएको जनसहभागिता र जनताले अनुुमोदन गरेका प्रतिनिधिबाट व्यवस्थामा आँच पुर्‍याउने काम भयो भन्ने कुरालाई प्रमाणित गरिदिएको छ अहिलेको निर्वाचनले । मानिसका सबै चाहना र इच्छाहरू पूूर्ण हुुन सक्दैनन् त्यो शास्वत सत्य पनि हो । यही सत्यलाई टेकेर बाहिर आउने प्रवृत्ति र त्यसले निर्वाह गरेको भूूमिकाका आधारमा नेताले हेर्नुु जरुरी पनि छ । जनताको पूूर्ण अभिमत र समर्थन नहुुनुु व्यवस्थाप्रतिको असन्तोष हो कि ? भन्ने कुरालाई प्रमाणित गरिदिएको छ अहिले भएको निर्वाचन प्रक्रियाले पनि ।

पुराना विस्थापित :
नेपालको राजनीतिमा राणा, पञ्चायतविरुद्धको लडाइँमा सदा नेपाली कांग्रेस र वाममोर्चा सक्रिय बनेर रहे । उनीहरूको बलिदानपूूर्ण लामो इतिहासले यस कुरालाई प्रमाणित गरिदिएको छ । देश र जनताका लागि सदा समर्पित राजनीतिक दलहरू शासन व्यवस्थाको सञ्चालनमा चुकेको तथ्यलाई अहिलेको निर्वाचनले देखाएको छ । सदा जनताका लागि समर्पित राजनीतिक दलका नेताहरू आजको परिणामबाट पूूर्णरूपमा सन्तुुष्ट देखिएका छैनन् । उनीहरूका आफ्नै तर्कहरू होलान् । नेपालको राजनीतिमा निर्वाचनबाट आएको परिणाम उनीहरूका लागि सहज मान्न सकिने अवस्थाको छैन ।

जनताको भावनासित खेलबाड नगर्न जनताले नयाँ शक्तिलाई ठाउँ दिएका हुुन् । नेपालको राजनीतिमा कहिले नदेखिएका र २०७९ असारमा मात्र पार्टी दर्ता गरेर बाहिर आएको शक्तिले साठी वर्षसम्म यो देशको अन्याय, अत्याचार तथा निरङ्कुश शासनपद्धतिसित लडेका शक्तिलाई कमजोर बनाउनुु पक्कै पनि चिन्ताको विषय बनेर आएको सत्य हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफैँमा आफूलाई स्वतन्त्र ठान्दैआएको होला ? तर, त्यसको स्वतन्त्रता र त्यसले लिएको बाटो वा मार्गमा देशका जनताले विश्वास देखाएका छन् । प्रदेश सभामा पूूर्ण नभए पनि आंशिक असहमति जनाउँदै आएको उक्त पार्टीले प्रतिनिधिसभामा मात्र आफ्नो उपस्थिति जनाएको छ । नेपालको राजनीतिमा एकछत्र शासन गरेका कांग्रेस, एमाले तथा माओवादी पार्टीलाई नराम्रोसित झस्काएको छ । भविष्य कस्तो हुने हो त्यो देख्न बाँकी नै छ तर उक्त पार्टीप्रति देखिएको समर्थन मूलधारका पार्टीका लागि पक्कै पनि सुुखद् भने होइन । नेपालको राजनीतिमा उक्त पार्टीको उदयले देखाएको बाटो र मार्गलाई यी दलहरूले समयमा नै मनन गर्नु आवश्यक देखिएको छ ।
राजनीति स्वच्छ र स्वस्थ हुुनुुपर्ने माग जनताको हो । राजनीति गर्ने व्यक्तिको जीवन साधारण हुनुुपर्ने भाव पनि जनताको हो । राजनीति गर्ने व्यक्तिको जीवनमा आएको आर्थिक परिवर्तन र त्यसले देखाएको बाटोलाई नेपाली जनताले विश्वास गर्न सकेका छैनन् । देशको विकास भएको पनि छ । शिक्षा, स्वाथ्य, सञ्चार, यातयातमा भएको विकास मूलधारका राजनीतिक पार्टीको देन हो । उनीहरूको सोचमा, उनीहरूको जीवनशैलीमा आएको सम्भ्रान्त जीवन शैलीका कारण वितृष्णा जागेको देखिन्छ ।

राजनीतिक क्षेत्रमा देखिएको भ्रष्टाचार, आफन्तवाद, कमिसनतन्त्र जसरी मौलाएको छ त्यसले विकल्पको खोज गरेको देखिन्छ । नेपाली राजनीतिको बाग्डोर युुवामा जानुुपर्ने भावना तथा देशको आर्थिक समुुन्नत नेपालीको चाहना पनि हो । त्यही चाहनालाई स्थापित गर्न खोजे नेपाली मतदाताले पनि । यी कुरा मूलधारका नेताहरूले बुुझ्न सकेका छैनन् ।

राजनीतिमा देखिएको अस्वस्थताका कारण नेपाली मतदाता विकल्प खोज्न प्रयासरत रहे । त्यो विकल्प स्थायी होला नहोला भविष्यले देखाउनेछ । राजनीति सदा विकल्पको खोजमा समर्पित रहेको हुुन्छ । विश्व राजनीतिले पनि विकल्पका हरेक अवस्थालाई स्वीकार गर्ने गरेको पाइन्छ ।

मंसिर ४ मा भएको निर्वाचनको अर्को पाटो हो मधेश प्रदेश र त्यहाँका जनताको भावनालाई लिएर राजनीति गरिरहेका राजनीतिक दलप्रति जनताको अविश्वास । त्यो अविश्वास उनीहरूले क्षेत्रीय नीति र त्यसले निम्त्याएको अवस्थाले पनि हो । मधेश प्रदेशका जनताले सदा विकास र आफ्नो राज्यको विकासलाई प्राथमिकतामा राखे तर त्यसो हुन सकेन । उनीहरूका चाहनामा तुुषारापात गर्दै सत्ताको स्वाद चाख्ने राजनीतिक दलहरूको मधेश प्रदेशमा देखिएको पराजयले क्षेत्रीयता र जातिवादलाई नेपाली जनताको अभिमत स्वीकार्य छैन भन्ने तथ्यलाई प्रमाणित गरिदिएका छन् ।

नसच्चिए समाप्त :
मूलधारका राजनीति पार्टीलाई नेपाली जनताले सच्चिन आग्रह गरेका छन् । २०७९ मा भएको आमनिर्वाचनले त्यही कुराको संकेत गरेको देखिन्छ । प्रत्यक्षतर्फ भन्दा पनि समानुुपातिक मतमा एमाले कांग्रेस तथा माओवादीलाई विश्वास गरेको देखियो । यी दलका कार्यकर्ताको मत पनि स्वतन्त्र पार्टीले आफ्नो पक्षमा पारेको देखिन्छ । राजनीतिमा देखिएको अस्वस्थताका कारण नेपाली मतदाता विकल्प खोज्न प्रयासरत रहे । त्यो विकल्प स्थायी होला नहोला भविष्यले देखाउनेछ । राजनीति सदा विकल्पको खोजमा समर्पित रहेको हुुन्छ । विश्व राजनीतिले पनि विकल्पका हरेक अवस्थालाई स्वीकार गर्ने गरेको पाइन्छ ।

जीवन जनताका लागि समर्पित गरौँ । जनताको भलाइ हुने काम गरौँ । व्यक्तिगत स्वार्थलाई राजनीतिक जीवनमा प्रवेश गर्न नदिऊँ । आफ्ना र आफन्तका लागि कहिले पनि राजनीतिको बाटोमा नहिँडाऊँ, देशमा रोजगारी सिर्जना गरौँ, शिक्षालाई व्यवस्थित बनाएर जनशक्ति बाहिर नपठाऊँ । भ्रष्टाचार र कमिसन तन्त्रलाई राजनीतिको पाटो नबनाऊँ, राज्यका हरेक क्षेत्रमा हस्तक्षेप नगरौँ भन्ने सन्देश मूलधारका पार्टीलाई अहिलेको जनमतले दिएको छ । यदि पुरानै रोगलाई भिœयाउने प्रयासमा लाग्यौ भने तिमी र तिम्रा राजनीतिक दल समाप्त हुन्छन् भन्ने सन्देश पाएको छ । आजको राजनीतिक अवस्था र भर्खर सम्पन्न भएको आमनिर्वाचनमा आएको परिणामले पनि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?