ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ब्राजिललाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो। अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको थियो ।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । तर, पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक बने ।

ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।

रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो ।

त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५ं१ औं मिनेटमा गोल गरेका थिए ।

ब्राजिल चार वर्षअघि क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। पहिलो पटक फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

क्रोएसियाले सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?