प्राणी परिचय : गैंडा

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

✍️ विनोद दाहाल

म गैंडा हुँ । म जमिनमा बस्ने प्राणीहरूमध्ये हात्तीपछिको दोस्रो ठूलो प्राणी हुँ । मलाई अंगेजीमा च्जष्लयअभचयक भनिन्छ भने मेरो वैज्ञानिक नाम च्जष्लयअभचयक गलष्अयचलष्क हो । म एशियाका नेपाल, भारत, मलेशिया आदि स्थानमा बसोवास गर्ने गर्छु । मेरो शरीरको तौल दुई हजारदेखि चार हजार पाँच सय किलो ग्रामसम्म हुन्छ ।

मेरो शरीर बाक्लो र पट्याएर छोपेजस्तो देखिने छालाले ढाकिएको हुन्छ । हत्तपत्त गोलीले पनि नछेड्ने छाला भए तापनि सिकारीहरूले मलाई धरापमा फसाएर मार्ने गर्छन् । मेरो एउटा अचम्मलाग्दो विशेषता छ । त्यो के हो भने म मानिसले जसरी नै सधैँ एकै ठाउँमा मात्रै दिसापिसाब गर्ने गर्दछु । दिसा गर्दा म निकै परदेखि नै पछाडि सर्दै आउँछु । मेरो यस्तो बानी थाहा पाएर सिकारीहरूले मैले दिसा गरेको ठाउँ पत्ता लगाएपछि त्यस ठाउँमा खाल्डो खनेर छोडिदिन्छन् । म नियमित रूपमा दिसा गर्न आउँदा खाल्डोमा खस्छु । भद्दा जिउ भएका कारण म खाल्डाबाट बाहिर निस्कन सक्दिनँ अनि त्यही मौकामा तिनले मलाई मार्छन् ।

सिकारीहरूले मैले दिसा गरेको ठाउँ पत्ता लगाएपछि त्यस ठाउँमा खाल्डो खनेर छोडिदिन्छन् । म नियमित रूपमा दिसा गर्न आउँदा खाल्डोमा खस्छु । भद्दा जिउ भएका कारण म खाल्डाबाट बाहिर निस्कन सक्दिनँ अनि त्यही मौकामा तिनले मलाई मार्छन् ।

सिकारीहरूले यसरी खेदो गरेर मलाई मार्नुको कारण हो मेरो खाग । मेरा नाकेडाँडीमा एउटा सिङ हुन्छ । त्यसलाई मानिसहरू खाग भन्छन् । मेरो खाग एउटा बहुमूल्य वस्तु हो । यसको करोडौं मूल्य पर्छ । यही खागका कारण नै म असुरक्षित बन्न पुगेको छु । सिङ हुने अरू प्राणीका दायाँबायाँ दुईतिर दुईवटा सिङ हुन्छन् तर मेरो नाकेडाँडीमा एउटामात्र सिङ हुन्छ । मेरो अफ्रिकी जातिका दुईवटा सिङ त हुन्छन् तर तिनका पनि दायाँबायाँ होइन अगाडिपछाडि नै रहेका हुन्छन् । मेरो अफ्रिकी जाति मभन्दा अलिक ठूलो हुन्छ । त्यसलाई ‘दुई सिङ्गे गैंडा’ भन्ने गरिन्छ र मलाई ‘एक सिङ्गे गैंडा’ भन्ने गरिएको छ ।

म नेपालको तराई क्षेत्रका जङ्गलमा बस्ने गर्छु । चितवन, बर्दिया, शुक्लाफँटामा आदि मेरा नेपालका बासस्थान हुन् । चितवन राष्ट्रिय निकुञ्जमा हामीलाई संरक्षण गरेर राखिएको छ । धापिलो घाँसे मैदानमा चर्न र हिलेपानीमा आहाल बस्न म मन पाराउँछु । म शुद्ध शाकाहारी प्राणी हँु । धाँसपात, अन्न, सागपात आदि मेरा आहारा हुन् । मेरो जिब्रो छुरा जस्तो धारिलो हुन्छ । त्यसैले मैले मायाले चाटेमात्र पनि मानिस तथा अरू प्राणी घाइते हुनसक्छन् । त्यसैले म मेरा जन्मिने बित्तिकैका बच्चालाई पनि अरू प्राणीले झैँ चाट्तिन । मेरो पिसाबलाई मानिस औषधिका रूपमा प्रयोग गर्छन् । मेरा खुरलाई ‘खगौतो’ भनेर मानिसहरू यसबाट पितृलाई तर्पण दिने गर्छन् । मेरो शरीरको उचाइ दुई मिटरसम्म हुन्छ भने लम्बाइ चार मिटरसम्म हुन्छ । खागको लम्बाइ ६० सेन्टिमिटरसम्म हुनसक्छ ।

मेरो अफ्रिकी जाति एशियाली जातिभन्दा ठूलो हुन्छ । त्यसका दुईवटा खाग हुन्छन् । मेरो पोथीले गर्भाधारण गरेको १८ महिनापछि एउटा बच्चा जन्माउँछ । मेरा भाले बच्चालाई केटो र पोथी बच्चालाई केटी भनिन्छ । मेरो औसत आयु ४० देखि ७० वर्षसम्मको हुन्छ । नेपालले मेरा माध्यमबाट पर्यटकहरूलाई आकर्षित गरी लाभ लिन सक्छ । केही मात्रामा लिइरहेको छ तर जति लिनुपर्ने हो त्यति लिन सकेको छैन । नेपालले मलाई दुर्लभ र संरक्षित प्राणीको रूपमा मान्यता दिई संरक्षित प्राणीको सूचीमा राखेको हुँदा मलाई निकै खुशी लागेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?