सपिङ कम्प्लेक्समा आगलागी, १ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । मस्कोको छेउमा रहेको एउटा प्रमुख सपिङ कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ । आगलागीको भिडियोमा विशाल मेगा खिम्की मलमा विस्फोट भएको देखाइएको छ।

आगलागीबारे अनुसन्धान भइरहेको छ । विद्युतीय त्रुटीले आगो लागेको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ । दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको आपत्कालीन मन्त्रालयले जनाएको छ । आगलागीबाट ३२ देखि ४८ करोड डलर क्षति भएको अनुमान गरिएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?