कारकस । सन् २०१८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गरी असफल ड्रोन आक्रमणमा संलग्न तीन जनालाई ३० वर्षको जेल सजाय सुनाइएको छ । मारिया डेलगाडो ताबोस्की, सेवानिवृत्त सेना प्रमुख जुआन कार्लोस मारुफो र सेवानिवृत्त कर्णेल जुआन फ्रान्सिस्को रोड्रिग्वेजलाई "आतंकवाद, देशद्रोह र आपराधिक षड्यन्त्र" को आरोपमा दोषी ठहराइएको उनीहरुका परिबारले बताएका छन् ।
आपराधिक सुनुवाइ बिहीबार राति सुरु भएको र शुक्रबार बिहानसम्म चलेको परिवारका सदस्यले बताएका छन् ।
४८ वर्षीय डेलगाडो ताबोस्कीसँग भेनेजुएला र स्पेनको दोहोरो नागरिकता छ र उनी संयुक्त राज्य अमेरिकामा बस्ने ओस्मान डेलगाडो ताबोस्कीकी बहिनी हुन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच