संसदीय दलको नेता चयन पछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो कुरा प्रष्ट्याउनु भएको हो । उहाँले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरुले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नु भयो, ‘अव निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा यो निर्वाचितहरुको लिष्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ ।’

दाहाल आफैं सत्तारुढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक हुनुहुन्छ । सबै भन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा नयाँ सरकारको नेतृत्वको स्वभाविक दाबेदार हुनुहुन्छ ।

काँग्रेस भित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आउनु भएको छ ।
न्यूज एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?