सेती नदीमा एक युवकको शव फेला

Read Time = 1 min

डोटी । डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ । शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

स्थानीयले शनिबार दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए । प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो ।

मृतकको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको छ । नदी किनारमा जाँदा चिप्लिँदा बगाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?