यी हुन् जसपाबाट सिफारिस भएका ५ समानुपातिक सांसद

Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक सांसद टुंगो लगाएको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

जसपाबाट पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमान सिफारिस भएको छ भे महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको छ ।

सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ ।

प्रदेश १ मा निर्मला लिम्बू र लुम्बिनी प्रदेशमा अम्बिका काफ्ले प्रदेश सभा सदस्यका लागि पार्टीले सिफारिस गरेको छ भने मधेस प्रदेशको भने अझै मिल्न बाँकी रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?