रास्वपामा समानुपातिक सिट बाँडफाँडमा चुलियो असन्तुष्टि

प्रवक्ता मुकुल ढकालमाथि गुरुमालाई गुरुदक्षिणा र आफ्ना कर्मचारीलाई अवसर दिएको आरोप

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर असन्तुष्टि बढेको छ ।

उक्त पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिकको खस आर्यको दोस्रो नम्बरमा रहनुभएको गणेश कार्कीले यस्तो असन्तुष्टि जनाउनु भएको हो ।
कार्कीले सामाजिक सञ्जाल मार्फत पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर नदिएको भए आफू झण्डै सांसद बनेको भन्दै व्यङ्य गर्नुभएको छ ।

कार्कीले लेख्नुभएको छ, 'म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।’

कार्कीले १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको बताउँदै खसआर्य खुलातर्फको दोस्रो नम्बरमा आफू र दिपक बोहोरा तेस्रो नम्बरमा रहेको बताउनु भएको छ ।

‘समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।’ कार्कीले लेख्नुभएको छ ।

जति प्रयास गरे पनि थिति बसाउन नसकिएको बताउँदै काकीले भन्नुभएको छ, ‘म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।’

साथै उहाँले रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।
पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।' लेख्नुभएको छ ।

'पुन: पुनश्च: माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।’ कार्कीले लेख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?