नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई

हिमालय टाइम्स
Read Time = 3 mins

नेपालगञ्ज । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्नुभएको छ । नेपालगञ्जमा शनिबार भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पार्नुभएको हो ।

म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी हुनुभयो । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सेकेन्डमा पूरा गर्नुभयो । यसअघि सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपिएफ क्लबका किरणसिंह विष्टले जित्नुभएको थियो ।

उपाधि विजेता खड्काले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । दोस्रो हुनुभएका रावतले ६० हजार र तेस्रो हुनुभएका जोशीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै, आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँ सातौँ संस्करणकी समेत च्याम्पियन हुनुहुन्छ । उहाँले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै, सो म्याराथनमा दोस्रो हुनुभएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सेकेन्डमा पूरा गर्नुभयो भने तेस्रो हुनुभएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गर्नुभयो । दुवैजनाले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ हृयाण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?