काठमाडौं । गीतकार हरि उप्रेतीको गुरुहरू प्रति समर्पित भजन ‘गुरु’ सार्वजनिक भएको छ । भीम ढकालको स्वर, तृप्ति खड्काको संगीत रहेको भजन ‘गुरु’को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडियो हरि उप्रेती अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको केही समय पहिला गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका