भि-वोनले नयाँ उत्पादन ल्याउने

Read Time = 1 min

काठमाडौं । स्वदेशमै गुणस्तरीय कुर्सी उत्पादन गर्दै आएको भि-वोनले काठमाडौंमा बिक्रेता भेटघाट कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ‘भि-वोन युमी एण्ड द वेभ-२०२२’ आयोजना गरेको हो । विगत चार वर्षदेखि नेपाली बजारमा अफिस तथा घरका लागि भि-वोनका कुर्सी लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।

साथै कम्पनीले अर्को महिनादेखि नयाँ आकर्षक तथा इर्गोनोमिक्स अर्थात् कुर्सीमा बस्दा शरीरको भारअनुरूप संयोजन गर्ने कुर्सी बजारमा ल्याउने जनाएको छ । सो अवसरमा मन्टेश्वरी कुर्सी (बेबी चेयर) पनि प्रदर्शन गरिएको थियो । भि-वोनको मन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहेको दाबी गरिएको छ । भि-वोन कुर्सी केडिया समूहले बिक्री गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?