इस्लिङ्टन कलेज र लण्डन मेट्रोपोलिटनबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । इस्लिङ्टन कलेजले थाइल्याण्ड र म्यानमारमा बिए (अनर्स) कोर्ष सञ्चालनका लागि व्यवस्थापन गर्ने भएको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको उक्त कोर्ष सञ्चालन व्यवस्थापन कलेजले गर्ने भएको हो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सो सम्बन्धमा चारपक्षीय अर्थात् लण्डन मेट्रोपोलिटन युनिभर्सिटी, इस्लिङ्टन कलेज, माई सेकेण्ड टिचर र आरभिआई ग्रुपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार विश्वको चर्चित आरभिआई ग्रुपले लण्डन विश्वविद्यालयको बिए कोर्ष थाइल्याण्ड र म्यानमारमा सञ्चालनका लागि भूमिका खेल्नेछ भने इस्लिङ्टन कलेजले ती कलेजमा विद्यार्थीलाई परामर्श, भर्ना, क्षमता अभिवृद्धि र परीक्षामा मूल्यांकनको भूमिका निर्वाह गर्नेछ ।

आइएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले पहिलोपटक विदेशी मुलुकमा शैक्षिक व्यवस्थापन गरेर मुलुकमा डलर भिœयाउन सकिने बताउनुभयो । थाइल्याण्ड र म्यानमारका कलेजमा व्यवस्थापनबापत निश्चित रकम आफ्नो कलेजले प्राप्त गर्ने उहाँको भनाइ छ । सम्झौतापत्रमा आरभिआई ग्रुपका आर्गस एङ्ग, माई सेकेण्ड टिचरका संस्थापक डा. बेन्सन सुङ, इस्लिङ्टन कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?