साइमेक्स इंक र नबिलबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नेपालस्थित बिवाइडी अटो इण्डष्ट्रिजको आधिकारिक बिक्रेता साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्न नबिल बैंकसँग सम्झौता गरेको छ । विद्युतीय कार किन्ने ग्राहकको सहजताका लागि कम्पनीले उक्त सम्झौता गरेको हो । सम्झौताअनुसार बिवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेका कारण नबिल बैंकले पनि सोहीअनुसारको कर्जा उपलब्ध गराउने भएको छ ।

बिवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सात वर्षसम्मको फाइनान्स सुविधा पाउनेछन् भने बिवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशतमात्र डाउन पेमेन्ट गर्दा पुग्नेछ । साइमेक्स इंकले बिवाइडीको एसयुभी अटो ३ र अल न्यु इ–६ इभी नेपालमा बिक्री गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?