रुसी ड्रोन हमलाले युक्रेनको ओडेसा सहर विजुलीविहीन

हिमालय टाइम्स
Read Time = 1 min

 

किभ । रुसले सुरु गरेको ‘कामिकाजे ड्रोन’ आक्रमणपछि दक्षिणी युक्रेनी सहर ओडेसामाबिजुलीविहीन भएको अधिकारीहरूले बताएका छन । ‘अहिलेसम्म सहर बिजुलीविहीन छ’, राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले भने ।

‘अस्पताल र प्रसूति वार्डलगायतका महत्वपूर्ण पूर्वाधारहरूमा मात्र बिजुलीको पहुँच थियो ।’ स्थिति कठिन तर नियन्त्रणमा छ’, टिमोसेन्कोले भने । फेब्रुवरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनले सेना पठाउनुअघि ओडेसाको ब्ल्याक सी बन्दरगाह धेरै युक्रेनी र रुसीहरूका लागि छुट्टी मनाउने गन्तव्य थियो । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्चेन्कोले रुसले रातारात सहरमा ‘कामिकाजे ड्रोन’मार्फत आक्रमण गरेको बताए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?