बाराका उखु किसानहरू आन्दोलित

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । बाराका उखु किसानहरू आन्दोलनमा उत्रिएका छन् । उन्नत जातको भनेर रिलायन्स सुगर मिल बाराले कमशल उखुको बिउ दिएको भन्दै बाराका उखु किसान आन्दोलनमा उत्रिएका हुन् ।

कमसल बिउ भएकै कारण समय अगावै उखु सुकेपछि किसानहरू चिनी उद्योगको विरुद्ध आन्दोलनमा उत्रिएको किसानहरूको भनाइ छ । मिलले कमशल बिउ उपलब्ध गराएकाले उखुमा रोग लागेको किसानहरुको आरोप छ ।

आइतबार बाराका उखु किसानहरूले सडकमा उखु जलाएका छन् । यस्तै उखु समय अघिनै सुक्न थालेपछि किसानहरूले शनिबार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा सडक अवरुद्ध गरेका थिए ।

रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएको कारण आफूहरु समस्यामा परेको उनीहरुको आरोप छ । उद्योगका प्रतिनिधि र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरू छलफलमा नआएकाले बाध्य भएर सडकमा सडकमा उत्रनु परेको प्रदर्शनमा सहभागी उखु किसान शशीकान्त यादवले बताउनुभयो ।

धेरै उत्पादन दिने उन्नत जातको भनेर ४–५ वर्षअघिदेखि नै सिओजिरो–२३८ जातको उखु रोप्न मिल र किसान संघले दवाव दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?