निःशुल्क स्वास्थ शिविरमा २९१ जनाले लिए सेवा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुुक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनको सहकार्यमा सञ्चालित एक दिन निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको हो ।

निःशुल्क स्वास्थ्य शिविरमा नेपाल प्रहरीका २ सय ३१ जना तथा शसस्त्र प्रहरी वल नेपालका ४५ जना सकल दर्जाका कर्मचारी तथा १५ जना प्रहरी कर्मचारी परिवारका सदस्य गरी २ सय ९१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । जसमा महिलाको संख्या ७३ जना र पुरुषको संख्या २ सय १८ जना गरी कुल २ सय ९१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

शिविरमा निःशुल्क भिडियो ऐक्स रे तथा इसिजी सेवा, मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोग सम्बन्धी परीक्षण गरिएको थियो ।

स्वास्थ्य जाँच पश्चात् निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । २०४१ साल साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । स्थापना कालदेखिनै संस्थाले प्रहरी परिवारका महिलाहरुको मात्र नभै समग्र महिलाहरुको सिप विकास,आय आर्जन, स्वास्थ्य, शिक्षा, क्षमता अभिवृद्धि जस्ता विभिन्न बिषयहरुमा सचेतनाको लागी कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

यसका साथै संस्थाले अमर प्रहरी परिवार,घाईते,दिर्घरोगी प्रहरी कर्मचारीका सन्ततिलाई छात्रबृत्ति, आर्थिक सहयोग, सहारा विहिन बृद्ध बृद्धाहरुलाई राहत सहयोग तथा समय समयमा निःशुल्क स्वास्थ्य शिविर पनि सचालन गर्दै आईरहेको छ ।

नेपाल प्रहरी श्रीमती संघको सक्रियता मार्फत हालसालै बहालवाला प्रहरी कर्मचारी, निजका परिवारजन, अमर प्रहरी परिवार र पुर्व प्रहरी परिवारको स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्न चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मेघा अस्पतालसंग सम्झौता पत्रमा हस्ताक्षर भई कार्यान्वयन समेत भईरहेको छ । त्यसैगरी शैक्षिक छात्रवृत्ति प्रदान गर्न देशका विभिन्न शैक्षिक संस्थाहरुसंग समेत सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?