‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिवार एक कार्यक्रमका बीच लोकार्पण भएकाे छ । तेह्रथुम जिल्लाका पहिलो नाटककार रहेका बुढाथाेकी ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक समेत हुन् । बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरुको बंशावली समेत समेटिएको छ ।

बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयालले सम्पादन गरेका हुन् । पुस्तक लोकार्पण समारोहका सभापति खप्तडी सेवा समाजका अध्यक्ष बिकेन्द्र दिप बुढाथोकी रहेका थिए । कार्यक्रममा गीतकार कृष्णहरि बराल, डा. खगेन्द्र प्रसाद लुईटेल संगीतकार राजु सिंह, गायक तथा संगीतकार शिशिर योगी, संचारकर्मी दिल भुषण पाठक, निर्देशक दिपेन्द्र के खनाललगाएत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

ड्राइभिङ्ग शिक्षाका प्रवर्तक बुढाथोकी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतंजली योगगानका रचनाकार समेत हुन् । उनका एक दर्जन भन्दा बढी पुस्तक प्रकाशन भई सकेका छन् । ‘पसिनाले भिजेको जिन्दगी’ पुस्तक बिक्रि बाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी दिए । कार्यक्रममा बोल्ने बिशिस्ट बक्ताहरुले ८३ बर्षको उमेरमा जोश र जाँगरका साथ सक्रिय भएर पुस्तक लेखेका गीतकार तथा लेखक बुढाथोकीको प्रशंशा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?