बैतडीमा अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा तेज बहादुर चन्द स्मृति अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा जिल्लाको दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द खेलमैदान सुन्दरखालीमा आइतबारदेखी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।

उद्घाटनमा अहिले आयोजक र सुर्नया गाउँपालिका बिचको खेल भैरहेको छ । प्रतियोगिता मंसिर २७ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका बाहेकका ९ वटै पालिकाले सहभागिता जनाएका छन् भने एक टिम आयोजकको रहेको छ ।

जिल्लाभरीका भलिबल खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?