बाजुरामा सुत्केरी भत्ता समयमा निकासा नभएका कारण तलबबाट दिन्छन् स्वास्थ्यकर्मी

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । जिल्ला अस्पताल बाजुरामा सुत्केरी गराए बापत पाउने सुत्केरी भत्ता उदारो राख्ने गरेको पाइएको छ । साउन यता अस्पतालमा १ सय ४८ जनाले सुत्केरी गराएको भएपनि १ सय ३२ जनाको सुत्केरी भत्ता उदारो रहेको अस्पतालमा कार्यरत निशा रोकायाले बताउनुभएको छ ।

साउनदेखि बजेट निकासा नभएको भन्दै सुत्केरी महिलाले पाउने प्रोत्साहन भत्ता दिन नसकेको रोकायाले बताउनुभयो । १६ जना सुत्केरी आमाको भने आफ्नै तलबबाट सुत्केरीलाई भत्ता दिएको रोकायाले हिमालय टाइम्ससँग बताउनुभयो । १६ जना टाढा रहेका र दोस्रो पटक अस्पतालमा आउन नसक्ने भएकाले तलबबाट भत्ता दिएको उहाँको भनाई छ । कार्यालयमा सुत्केरी भत्ता माग गरिरहेको भएपनि निकासा नआएको भन्दै दिन नसकेको उहाँले गुनासो गर्नुभयो ।

स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत हातमै पैसा दिनुपर्ने सरकारले ब्यबस्था गरेको छ । बाजुरा हिमाली जिल्ला पर्ने भएकाले यातायात खर्च बाफत ३ हजार नियमित गर्भजाँचको ८ सय गरि ३८ सय पाउने व्यबस्था रहेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढाउनका लागि राज्यले सुत्केरी भत्ता दिँदै आएको हो ।

सुत्केरी भएको समयमै हातमा पैसा दिन्छन्, भन्थे तर आफ्नो श्रीमतीले अस्पतालमा बच्चा जन्माएको भएपनि पैसा नपाएको बडिमालिका नगरपालिका— ९ का धिरज बिकले बताउनुभयो । अहिले पैसा छैन् पछि आएपछि खबर गर्छु भनेका छन्, पछि दिन्छन्, या दिदैन्न कुनै जानकारी नभएको धिरजले भन्नुभयो ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीका अनुसार बजेट निकाशा ढिला भएकाले सुत्केरी भत्ता हातमै दिन नसेको प्रष्ट पार्नुभयो । आर्थिक बर्ष साउन बाट शुरु भएपनि निकाशा मंसिर पछि आउने भएकाले समस्या भएको उहाँको भनाई छ । निकाशा आइसकेको छ, अब चाडै सबैलाई भुक्तानि दिने जोशीले जानकारी दिनुभयो । यो समस्या आफुहरुको नभएकाले बजेट नै ढिला आएपछि हातमै दिन नसकेको उहाँको भनाई छ ।

जिल्ला अस्पताल बाजुरामा मात्र नभई बाजुरामा रहेको अधिकांश स्वास्थ्य संस्थामा सुत्केरी भत्ता नदिने गरेको पाइएको छ । अहिले उदारो राखेको छौ, पछि निकाशा भएमा भुक्तानि दिने एक स्वास्थ्यकर्मीले भन्नुभयो । सेवाग्राहीले हातमा रकम नपाउँदा पछि रकम नपाउनेमा शंका गरिरहेको र सधैका बर्षमा कहिले भत्ता नपाउने पाएपनि समयमै नपाउने गरेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले गुनासो गर्नुभएको छ ।
बाजुरामा गर्भवती महिलालाई सुत्केरी गराउँन निकै कठिनाई छ । जिल्ला अस्पतालमै पनि दक्ष चिकित्सक नभएपछि सुत्केरी गराउन पनि अन्यन्त्र रिफर गर्नुपर्ने बाध्यता रहेका कारण यहाँका गर्भवती महिलाहरुले ज्यान गुमाउँनु पर्ने बाध्यता अझै पनि कायम रहेका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?